नियम १०६
नगदी रकम दाखिला गर्ने
(१) पक्षले अदालतमा जरिबाना बापत वा अन्य कुनै कारणले नगद रकम बुझाउन वा धरौट राख्‍नु पर्ने भएमा आर्थिक प्रशासन शाखामा दाखिला गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नगद रकम वा धरौटी रकम दाखिला गर्न आएमा आर्थिक प्रशासन शाखाले पनि नगद रकम बुझी लिई वा धरौटीमा आम्दानी बाँधी तीन प्रति रसिद काट्नु    पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको तीन प्रति रसिदमध्ये एक प्रति रकम वा धरौटी दाखिला गर्ने व्यक्तिलाई दिई दोस्रो प्रति सम्बन्धित शाखामा सम्बन्धित मिसिलमा सामेल राख्न पठाई तेस्रो प्रति आर्थिक प्रशासन शाखामा राख्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम बुझाउने रकम अदालतले तोकेको बैङ्क मार्फत बुझ्ने गरी अदालतले आवश्यक व्यवस्था गर्न सक्नेछ ।